तराईका सबै जिल्लामा कर कार्यालय खोलिने

Newslaya Home

तराईका सबै जिल्लामा कर कार्यालय खोलिने

शुक्रबार २९, चैत २०७५

काठमाडौं । सरकारले तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने तयारी गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभाको दोस्रो सत्रलाई सम्बोधन गर्दै खतिवडाले यस्तो बताएका हुन् ।

खतिवडाका अनुसार मझौला खालका व्यवसायीहरु बढ्दै गएका पहाडका जिल्लाहरुमा पनि उद्योग व्यवसायको कामलाई सहज बनाउन सरकारले कर कार्यालय स्थापना गर्ने विषयलाई उच्च प्राथमिकता दिएको हो ।

भन्सार कार्यालयलाई सहज बनाएर व्यवसायीहरुले भोग्दै आएका विभिन्न खालका समस्या समाधान गर्न सरकार लागि परेको खतिवडाले दावी गरे ।