नयाँ वर्षमा टेलिकमको यस्तो अफर

Newslaya Home

नयाँ वर्षमा टेलिकमको यस्तो अफर

शुक्रबार २९, चैत २०७५

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा अफर दिएको छ । उक्त अवसरमा टेलिकमले आफ्ना ग्राहकलाई २०० रुपैयाँको डाटा प्याक उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकमले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म खरिद गर्नेगरी २०० रुपैयाँको डाटा उपलब्ध गराउने जानकारी गराएको हो । उक्त २०० रुपैयाँको डाटा खरिद गर्दा ग्राहकले २०० मिनेट फोनकल र २०० म्यासेज सित्तैमा पाउनेछन् । त्यस्तै तीन जिबी बराबरको डाटा पनि टेलिकमले उपलब्ध गराएको छ ।

उक्त सेवा सूचारु गर्नका लागि *१४१५# डायल गर्न सक्नुहुनेछ । डाटा लिएको पाँच दिनसम्म प्रयोग गर्न सकिनेछ ।