घट्यो सुनको मूल्य

Newslaya Home

घट्यो सुनको मूल्य

शुक्रबार २९, चैत २०७५

काठमाडौँ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य ६० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदी तोलाको १० रुपैयाँले घटेर ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी तोलाको ७३० रुपैयाँमा कारोबार भएको थियो।