वैशाखदेखि बैंकमा खाता खोल्नेलाई एकसय रुपैयाँ

Newslaya Home

वैशाखदेखि बैंकमा खाता खोल्नेलाई एकसय रुपैयाँ

शुक्रबार २९, चैत २०७५

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सबैको पहुँचमा बैंकिङ सेवा पुर्याउने उदेश्यले नयाँ व्यवस्था निर्माण गरेको छ । राष्ट्र बैंकले बैंक खाता नभएकाहरुलाई सरलीकृत रुपमा बैंक खाता खोल्ने व्यवस्था गरेको हो ।

यो व्यवस्थाअनुसार बैंकहरुले सहज रुपमा बैंक खाता खोली खाता नभएकाहरुलाई बैंकिङ्ग सेवाको पहुँचमा पुर्याउनुपर्ने हुन्छ। खाता खोल्न आउनेहरुको खातामा बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगतको खर्चबाट प्रति बैंक खाता एक सय रुपैंया रकम समेत उपलब्ध गराउने छन् । यो अभियान वैशाखदेखि सुरु हुने बताइएको छ ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७५ मा नयाँ व्यवस्था थप गरी राष्ट्र बैंकले बैंक खाता खोलौं अभियान सुरु गरेको हो ।

यसरी बैंक खाता खोल्दा अरु कुनै बैंकमा खाता नरहेको स्वघोषणा भने बुझाउनुपर्ने हुन्छ ।