स्ववियु निर्वाचन १० जेठभित्रै हुने

Newslaya Home

स्ववियु निर्वाचन १० जेठभित्रै हुने

शुक्रबार २९, चैत २०७५

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामाी जेठ १० भित्रै हुने भएको छ ।

बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनको संयुक्त बैठकमा त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्ववियुको निर्वाचन गर्न प्रस्ताव गरेको हो।

अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यका अनुसार विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।

बैठकमा अनेरास्ववियुका उपाध्यक्ष आचार्यसहित, अनेरास्ववियु क्रान्तिकारीका कार्यबाहक अध्यक्ष सुरेन्द्र बस्नेत, अखिल छैटौँका अध्यक्ष विमल पोखरेललगायतको सहभागिता रहेको थियो ।