मलद्वारमा लुकाएर ल्याएको सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

Newslaya Home

मलद्वारमा लुकाएर ल्याएको सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

बिहीबार २८, चैत २०७५

काठमाडौं । काठामाडौंबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको करिब साढे तीन किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीले र भन्सार कार्यालयको टोलीले उनीहरुलाई त्रिभुवन विमानस्थलबाट तीन किलो ३ सय ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो ।

उनीहरुलाई विमानस्थल भन्सार र प्रहरीले शंका लागि चेकजाँच गर्दा सो परिमाणको सुन भेटिएको हो ।

शंका लागेपछि प्रहरी र भन्सारका अधिकारीहरूले केएमसी अस्पतालमा लगेर एक्सरे गराउँदा मलद्वारमा राखेको अवस्थामा सुन भेटिएको विमानस्थल सुरक्षा कार्यालयका निमित्त प्रमुख एसपी कृष्ण कोईरालाले जानकारी दिएका छन् ।