राखेप सदस्य सचिव विष्ट र पूर्व खेलकुदमन्त्री पौडेलले पाए सफाइ

Newslaya Home

राखेप सदस्य सचिव विष्ट र पूर्व खेलकुदमन्त्री पौडेलले पाए सफाइ

बिहीबार २८, चैत २०७५

काठमाडौ । पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र वर्तमान राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले सफाइ पाएका छन् ।

सन् २०१४ मा कोरियाको इन्चोनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा खेलाडी भगाएको आरोपमा तत्कालीन सेवाकताक्रो संघका उपाध्यक्ष केशवकुमार विष्टविरुद्ध तात्कालिन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले अख्तियारमा निवेदन दर्ता गराएका थिए ।

चैत २७ गते माननीय न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले पौडेल र विष्ट निर्दोष भएको फैसला सुनाएको हो ।