इटहरीमा कामधेनुले बनाइरहेको दुध कारखानालाई प्रदेश सरकारको २० करोड

Newslaya Home

इटहरीमा कामधेनुले बनाइरहेको दुध कारखानालाई प्रदेश सरकारको २० करोड

बिहीबार २८, चैत २०७५

इटहरी । प्रदेश नं. १ सरकारले इटहरीको कामधेनु दुग्ध बिकास सहकारी संस्थालाई दुध कारखानाको लागि २० करोड रुपैया सहयोग गर्ने भएको छ ।

निजी स्तरबाट निर्माणाधिन नेपालकै ठूलो दुध कारखानाको लागि प्रदेश सरकारले २० करोड रुपैया दिने भएको सहकारीका टिकादत्त वनले जानकारी दिए ।

प्रदेश १ का मुख्य मन्त्री माननीय शेरधन राईको उपस्थितिमा बुधबार उक्त अनुदानसम्बन्धि सम्झौता भएको हो ।

दैनिक ५० हजार लिटर क्षमताको धुलो दूध कारखाना २९ करोडको लागतमा इटहरीको वडा नं.१ मा निर्माणाधिन छ । कारखानाको लागि आवश्यक बाँकी ९ करोड रकम कामधेनु र निजी डेरीको संयुक्त रुपमा लगानी गरेका छन् ।