यस्तो छ ब्रह्माण्डको रहस्यमय ब्ल्याक होल, पहिलो पटक तस्वीर सार्वजनिक

Newslaya Home

यस्तो छ ब्रह्माण्डको रहस्यमय ब्ल्याक होल, पहिलो पटक तस्वीर सार्वजनिक

बुधबार २७, चैत २०७५

काठमाडौं । ब्रम्हाण्डमा रहेको रहस्यमय ब्लाकहोलको पहिलो पटक तस्वीर लिइएको छ ।

४० अर्ब किलोमिटरमा फैलिएको तथा पृथ्वीभन्दा ३० लाख गुणा ठूलो ब्ल्याक होललाई वैज्ञानिकहरुले ‘मोन्स्टर’ को संज्ञा दिँदै आएका छन् । जुन सुदुर ग्यालेक्सीमा अवस्थित रहेको छ ।

विश्वका विभिन्न स्थानमा राखिएका आठ टेलिस्कोपको टेनवर्कबाट ५० करोड खर्ब किलोमिटर टाढा रहेको ब्ल्याक होलको तस्वीर खिचिएको हो । यसको विस्तृत विवरण आज एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित छ ।


यस अनुसन्धानमा संलग्न नेदरल्यान्डका प्रोफेसर हेइनो फाल्केले एम ८७ आकाशगंगामा ब्ल्याक होल भेटिएको बीबीसीलाई बताए । यसको घनत्व सूर्यभन्दा साढे ६ अर्ब धेरै रहेको उनले बताए ।