तलबभत्ता वृद्धिको माग गर्दै मेलबर्नमा प्रदर्शन

Newslaya Home

तलबभत्ता वृद्धिको माग गर्दै मेलबर्नमा प्रदर्शन

बुधबार २७, चैत २०७५

मेलबर्न । श्रमिकहरुको हकहितको माग गर्दै बुधबार बिहान मेलबर्न सहरमा ‘चेन्ज द रुल्स’ नामक बृहत र्‍याली प्रदर्शन गरिएको छ । प्रदर्शनमा ५० हजार जना सहभागी रहेको जनाइएको छ ।

अस्ट्रेलियन ट्रेड युनियन परिषद्ले तलब र भत्तामा वृद्धि हुनुपर्ने प्रमुख माग राख्दै आयोजना गरेको उक्त प्रदर्शनका कारण सहरका मुख्य सडकहरू अवरुद्ध भएको एसबीएसले उल्लेख गरेको छ ।

बिहान १०ः३० बजे सुरु भएको उक्त प्रदर्शनीमा भिक्टोरियाका प्रिमियर ड्यानियल एण्ड्रुजलगायत वाम धारका सङ्घीय सांसदहरू एन्ड्रु जाइल्स, जेड कार्नी, केट थ्वेट्स र एडम बाण्टको पनि सहभागिता रहेको थियो ।

कामदारहरूले आफ्नो काम बापत यथोचित पारिश्रमिक तथा भत्ता पाउनुपर्ने भन्दै भिक्टोरियाली प्रिमियरले उक्त र्‍यालीमा भाग लिएका थिए ।

र्‍याली सहरको केन्द्रीय व्यापारिक क्षेत्रमा रहेको ट्रेड्स हलबाट सुरु भइ सप्रिंग स्ट्रिटस्थित राज्यको संसद् भवन पुगेर समापन भएको थियो ।