बंगलादेशमा सुन तस्करी, बिमानको शौचालयमा भेटियो २३ किलो सुन

Newslaya Home

बंगलादेशमा सुन तस्करी, बिमानको शौचालयमा भेटियो २३ किलो सुन

बुधबार २७, चैत २०७५

काठमाडौं । नेपालमा मात्र नभइ छिमेकी देश बंगलादेशमा पनि ठुलो परिमाणमा सुन तस्करी हुने गरेको पाइएको छ ।

बंगलादेशको चटगाउँ बिमानस्थलबाट बिमान बंगलाको शौचालयबाट २३ किलो अवैध सुन बरामद भएको समाचार बाहिरेको छ । बंगलादेश प्रहरी अधिकारीका अनुसार सोमबार बिहान दुबईबाट आएको बिमानको शौचालयमा बेवारिसे अवस्थामा २३ किलो सुन बरामद भएको हो ।

बरामद सुनको बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।