प्रकृतिको रक्षा गर्नुपर्छ भन्दै बेल्चा बोकेर निस्किए चिनियाँ राष्ट्रपति

Newslaya Home

प्रकृतिको रक्षा गर्नुपर्छ भन्दै बेल्चा बोकेर निस्किए चिनियाँ राष्ट्रपति

बुधबार २७, चैत २०७५

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आह्वानमा हाल ‘स्वदेशलाई हराभरा बनाउँ’ भन्ने अभियानका साथ चीनमा प्राकृतिक सम्पदा रक्षा गर्ने कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

प्रकृति रक्षाको लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि स्वयम् बेल्चा बोकेर स्वैच्छिक वृक्षारोपण कार्यक्रममा पनि सहभागी भएका छन् ।

सोमबार बेजिङस्थित तोङ्जो जिल्लामा उनी वृक्षारोपणका लागि बेल्चा र पानी बोक्ने भाँडोसहित वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए ।

सो क्रममा चिनफिङले विद्यार्थीहरुसँग मिलेर जमिन खनेको, रुख रोपेको अनि पानी हालेको फोटो र भिडियो समेत सार्वजनिक भएका छन्।

चीनले सन् २०२० सम्म अहिले भएका रुख बिरुवाभन्दा २३ प्रतिशत रुख बिरुवा बढाउने लक्ष्य राखेको छ। यस्तै सन् २०३५ सम्म २६ प्रतिशतले रुख बिरुवाको सङ्ख्या बढाउने लक्ष्य राखेको छ।