उठ्ने बित्तिकै ट्वाइलेट जाने बानी छ ? सुधार्नुस् ।

Newslaya Home

उठ्ने बित्तिकै ट्वाइलेट जाने बानी छ ? सुधार्नुस् ।

बुधबार २७, चैत २०७५

बिहान उठ्ने बित्तिकै तपाई के गर्नुहुन्छ ? सबैको आफ्ना आफ्नै बानी होलान् । तीमध्ये कति राम्रो र कति नराम्रोृ बानी होलान् । हेरौं न त उठ्ने बित्तिकै के के गर्न हुँदैन

१। हत्तपत्त उठेर काममा लाग्नु

दिनको आरम्भ बिस्तारै बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ । केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ ।

यसरी उठ्दा सुप्त अवस्थामा शिथिल रहेको उर्जा शरीरमा राम्ररी संचार हुनपुग्छ । यसले शरीरमा उर्जाको संचारलाई सन्तुलित गर्छ । आरमसाथ उठेर लामो एवं गहिरो सास लिने, मनतातो पानी पिउने ।

२। स्ट्रेचिङ नगर्नु

सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ ।

तीनचार पटक शरीर स्ट्रेच गर्ने र बाँया फैलिएर सकारात्मक उर्जालाई स्वंम महसुष गर्ने । यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ ।

३। ब्रेकफास्ट नगर्नु

बिहान उठेर ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटापनलाई निमन्त्रणा गर्नु हो । यस किसिमको बानीले रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ । विहान उठेर ब्रेकफास्ट नलिदा हाम्रो शरीरमा अतिरिक्त तनाव पर्छ ।

रातीको खाना र बिहानको खानाबीच लामो ग्याप हुन्छ, जसले ब्लड सुगर लेभल कम हुन्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केहि खाएनौ भने, ब्लड सुगर लेभल अझ घट्छ ।

ब्रेकफास्ट हेल्दी र ताजा हुनुपर्छ । चिया, बिस्कुट जस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ ।

४। आँखा खोल्नसाथ मोबाइल चेक गर्नु

बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । आँखा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन ।

५। मुस्कुराउनमा कन्जुस्याँई

तपाईको मुश्कानले तपाईको स्वास्थ्यलाई निकै फाइदा गरिरहेको हुन्छ । त्यसैले बिहान उठेर मुस्कुराउने अभ्यास गर्नुपर्छ । यसले इम्युन सिस्टमलाई मजबुद बनाउँछ । मुटुको चाललाई सन्तुलित राख्छ र उच्च रक्तचाप नियन्त्रण गर्छ ।

६। एक्सरसाइज नगर्नु

धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायम गर्नैपर्छ । शारीरिक काम गर्नु र व्यायम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ ।

मानसिक तनाव हुन्छ। तर, प्रफुल्ला मुद्रामा गरिने व्यवस्थित व्यायमले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ।

७। उठ्नसाथ मलमुत्र त्याग नगर्नु
कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन् । तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमुत्र त्याग गर्नुपर्छ। किनभने यसो नगर्दा शरीरमा बिकार फैलन्छ । त्यसैले बिहान उठेपछि आरमपूर्वक मलमुत्र त्याग गर्नैपर्छ।