डिस होमले ३ वर्षमा १९ करोडभन्दा बढी आयकर छलेको रिपोर्ट

Newslaya Home

डिस होमले ३ वर्षमा १९ करोडभन्दा बढी आयकर छलेको रिपोर्ट

बुधबार २७, चैत २०७५

काठमाडौं । डिस मिडिया नेटवर्क (डिस होम) ले ३ आर्थिक वर्षमा १९ करोड रुपैयाँभन्दा बढी आयकर छली गरेको देखिएको छ ।

आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ सम्म गरेको कारोबारबाट १९ करोड रुपैयाँभन्दा बढी छली भएको फेला परेको ठूला करदाता कार्यालयले जनाएको छ ।

डिस होमले आयकरसहित भ्याटमा पनि झन्डै ७ लाख रुपैयाँभन्दा बढी छली गरेको कार्यालयले फेला परेको छ ।

प्रारम्भिक रिपोर्टकै आधारमा अब कार्यालयले डिस होम मिडिया नेटवर्कलाई पत्र पठाउने तयारी गरेको छ ।

ग्राहक संख्या लुकाउँदै डिस होमले कर छली गरेको विषय उजागर भएसँगै ठूला करदार्ता कार्यालयले अध्ययन कमिटी बनाएर अनुसन्धान थालेको थियो ।

‘डिस होमले असार महिनामा बिक्री गरेको रिचार्ज कार्ड ग्राहकले प्रयोग गरेपछि मात्रै आफ्नो आयमा राखेको छ,’ कार्यालय स्रोतले भन्यो, ‘डिस होमले जुन दिन आफ्नो कार्ड बिक्री गर्छ, त्यही दिन उसले गरेको आय रकममा जोडिनुपर्छ ।’