​अफगानिस्तानमा बम बिस्फोटमा परी तीन अमेरिकीको मृत्यु

Newslaya Home

​अफगानिस्तानमा बम बिस्फोटमा परी तीन अमेरिकीको मृत्यु

मङ्गलबार २६, चैत २०७५

काठमाडौं । अफगानिस्तानमा भएको बम बिस्फोटमा परी तीन अमेरिकी कर्मचारी र एक कन्ट्राक्टरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

तालिवानी समूहले विस्फोटका घटना गराउँदै आएको जनाइएको छ । अफगानिस्तानमा १४ हजार अमेरिकी सेना कार्यरत छन् ।

विस्फोटमा परेर सन् २०१९ भित्रै अफगानिस्तानमा ७ जना अमेरिकी सेनाको मृत्यु भइसकेको छ ।