​मलेसियामा बस दुर्घटनाः दुई नेपालीको मृत्यु, १२ जना घाइते (नामावलीसहित)

Newslaya Home

​मलेसियामा बस दुर्घटनाः दुई नेपालीको मृत्यु, १२ जना घाइते (नामावलीसहित)

सोमबार २५, चैत २०७५

एजेन्सी । मलेसियामा भएको बस दुर्घटनामा दुई जना नेपालीको ज्यान गएको छ । अन्य १२ जना नेपाली घाइते भएका छन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

घटनामा अन्य ८ विदेशी कामदार र एक जना मलेसियन चालक गरी जम्मा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा मृत्यु हुने नेपालीहरुमा जगरनाथसिंह दनुवार र रामु चौधरी छन् ।

घाइते हुने नेपालीहरुमा केसव थापा, लोकेस ओली, कृष्णबहादुर पुन मगर, भरत शाही, पदमबहादुर कुवर, सन्तोष कुमार साह, सुमन काम्चा मगर, सन्तोषकुमार यादव, लोकेन्द्र बहादुर शाही, सुरज यादव, महेशकुमार बुढाथोकी, विश्वकर्मा मण्डल घाइते  छन् । उनीहरुमध्ये सन्तोषकुमार यादव, लोकेन्द्र बहादुर शाही र भरत शाहीको अवस्था गम्भीर छ ।

मुतियारा कायामास कम्पनीमा काम गर्ने ४३ जना श्रमिक बोकेर कम्पनीतर्फ गइरहेको बस सडकबाट तल खसेको हो । दुर्घटनामा घाइतेहरुको स्थानीय चार वटा अस्पतालमा भइरहेको छ । घाइतेहरुको काजाङ, पुत्राजय, वाङतिङ र सडाङ अस्पतालमा उपचार भइरहेको छ ।