​सुनचाँदीको भाउ बढ्यो

Newslaya Home

​सुनचाँदीको भाउ बढ्यो

सोमबार २५, चैत २०७५

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा दुई सयले बढेर ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदी भने तोलामा पाँच रुपैयाँले बढेर ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।