​आईपीएलमा आज पञ्जाब र हैदराबाद भिड्दै

Newslaya Home

​आईपीएलमा आज पञ्जाब र हैदराबाद भिड्दै

सोमबार २५, चैत २०७५

काठमाडौं । इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटको २२ औं खेलमा आज (सोमबार) किङ्स–११ पञ्जाब र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् । आईपीएलको २२ औं खेल भएपनि पञ्जाब र हैदराबाद आफ्नो छैटौं खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । 

खेल नेपाली समयअनुसार बेलुका ८ः१५ बजे पञ्जाबको घरेलु मैदानमा हुनेछ । दुबै टोली चौथो जितको खोजीमा छन् । यसअघिका पाँच खेलमध्ये ३ मा जित र २ मा हार ब्यहोरेको दुबै टोलीले ६ अंक जोडेका छन् । हैदराबाद समान अंक भएपनि रनरेटका आधारमा तेस्रो स्थानमा रहँदा पञ्जाब छैटौं स्थानमा छ ।