​यमनमा भएको हवाई आक्रमणमा परी पाँच जना विद्यार्थीको मृत्यु, ३४ घाइते

Newslaya Home

​यमनमा भएको हवाई आक्रमणमा परी पाँच जना विद्यार्थीको मृत्यु, ३४ घाइते

सोमबार २५, चैत २०७५

काठमाण्डौ । यमनमा भएको हवाई आक्रमणमा परी एक विद्यालयका पाँच जना विद्यार्थीको मृत्यु भएको छ भने ३४ जना घाइते भएको जनाइएको छ । 

राजधानी सानामा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाइ आक्रमण मेटल वर्कसपमा भएको भएपनि नजिकै रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीको आक्रमणबाट मृत्यु भएको हो । 

घाइतेमध्ये केही विद्यालयका बालबालिका पनि रहेका स्वास्थ्य अधिकारी तथा स्थानीयले जनाएका छन् ।