​घरमा तेल राख्दा यी कुरामा ध्यान दिउँ

Newslaya Home

​घरमा तेल राख्दा यी कुरामा ध्यान दिउँ

सोमबार २५, चैत २०७५

भान्सामा सही तरिकाले नराख्दा या प्रयोग गलत हुँदा अस्वस्थकर तेल खाएको भने धेरैलाई पत्तो नहुन पनि सक्छ । बजारबाट ल्याएका स्वास्थ तेल सेवन गर्दासम्म यसरी अस्वस्थकर बन्न सक्छ । 

खुला मुख भएको भाँडोमा राख्दा भान्सामै तेल अस्वस्थकर हुन सक्छ । खोने तेल जहिले पनि साघुँरो मुख भएको भाँडोमा राख्नुपर्छ । खुला मुख भएको भाँडोमा राख्दा अक्सिजन धेरै छिर्न पाउँछ । तेलमा अक्सिजन मिसिनु भनेको पानीको मात्रा पर्नु हो । यो अवस्थामा तेल चाँडै बिग्रिन्छ ।

तेल फ्याटी एसिड भएकाले अक्सिजन र पानीको रियाक्सन हुँदा फ्री फ्याटी एसिड बन्छ । साना र्याडिकलहरु तयार हुन्छन् र रियाक्टिभ भएर स्वास्थ्यमा असर पर्छ । 

लामो समयसम्म एउटै भाँडोमा राख्दा पनि तेल बिग्रिन्छ । तेल राख्ने भाँडो बदल्ने तथा बेला–बेला सफा गर्नुपर्छ ।

एकपटक प्रयोग गरी सकेको तेल तत्काल अर्को परिकारमा प्रयोग गर्न सकिन्छ । तर, उही तेललाई पटक–पटक तताउँदै र सेलाउँदै प्रयोग गर्दा हानिकारक हुन्छ । यस्तो तेल अर्को ताज तेलमा मिसाउनु पनि हानिकारक हुन्छ ।