​भारतबाट आउने कुखुराबाट भित्रियो बर्डफ्लु

Newslaya Home

​भारतबाट आउने कुखुराबाट भित्रियो बर्डफ्लु

सोमबार २५, चैत २०७५

विराटनगर । नेपालमा पछिल्लो समय भित्रिएको बर्डफ्लु भारतबाट भित्रिएको अनुमान गरिएको छ । 
खुला सीमाको कारण तस्करी गरेर ल्याइएका कुखुरा तथा चल्लाबाट बर्डफ्लु भित्रिएको अनुमान गरिएको हो ।

नेपालमा पर्याप्त कुखुरा उत्पादन भइरहेपनि भारतबाट सस्तो मुल्यका कुखुरा ल्याउने क्रम रोकिएको छैन । सीमा नाकामा प्रहरीले कडाई नगर्दा पनि तस्करी मौलाएको छ । 

यस्तै किसालने पालेको कुखुरामा बर्डफ्लु भएको तथ्य लुकाउँदा अन्यत्र पनि बर्डफ्लु फैलिएको आशंका गरिएको छ । 

चिकित्सकले किसान, मासु वितरक उपभोक्तालाई बर्डफ्लुबाट जोगिन आग्रह गरेका छन् । कुखुराको मासु सेवन गर्नेभन्दा पोल्ट्री फार्ममा कार्यरत किसान बढी चनाखो हुनुपर्नेमा उनीहरुको जोड छ । 

किसान एवं मासु बिक्रेताले टोपी, मास्क, पन्जा, बुट लगाउनुपर्ने सुझाव दिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार व्यक्तिमा बर्डफ्लुको भाइरस संक्रमण भए मृत्युदरको जोखिम ६० प्रतिशत हुन्छ।