बैंगलोरको लगातार छैटौँ हार, दिल्ली चार विकेटले विजयी

Newslaya Home

बैंगलोरको लगातार छैटौँ हार, दिल्ली चार विकेटले विजयी

आइतबार २४, चैत २०७५

काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । 


अइतबार भएको खेलमा दिल्लीले बैंग्लोरलाई चार विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ४९ रन बनाएको थियो । 

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ रन बनाएका थिए । 

उता जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य १८.५ ओभरमा ६ विकेटको क्षतीमा पुरा गर्यो । दिल्लीका लागि कप्तान श्रेयस ऐयरले अर्धशतकीय पारी खेलेका थिए । 

यता बलिङ तर्फ दिल्लीका लागि कगिसो रबडाले सर्वाधिक चार विकेट लिएका थिए । भने मोरिसले दुई विकेट, सन्दीप लामिछाने एक विकेट र अक्षर पटेलले एक विकेट लिएका थिए । 

जितसँगै दिल्ली क्यापिटल्स ६ अंक जोड्दै लिग तालिकाको पाँचौं स्थानमा छ । लगातार हार ब्यहोरेको बेङलोर पुछारमा छ । आजको हारसँगै बैंग्लोरको शिर्ष चारमा पर्ने सम्भावना  सकिएको छ ।