​इटहरीमा मेयरकप क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा इटहरी विजयी

Newslaya Home

​इटहरीमा मेयरकप क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा इटहरी विजयी

आइतबार २४, चैत २०७५

इटहरी । इटहरीमा आइतबारबाट मेयरकप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले उद्धघाटन गरेकी थिइन् ।

प्रतियोगिताको उद्घाटन खेल इटहरी उपमहानगरपालिका रातो र दुहबी नगरपालिका बिच भएको थियो । जसमा इटहरी उपमहानगरपालिकाको रातो टिम ५५ रनले विजयी भएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले दुहबी नगरपालिकालाई १ सय १९ रनको लक्ष्य दिएको थियो । 
इटहरीका लागि सरोज कटुवालले ३४ रन, बिकेश बञ्जराले २३ रन र सुमन पौडेलले १६ रनको योगदान दिएका थिए । 

उता जवाफी ब्याटिङमा उत्रिएको दुहबीले ६३ रन मात्र जोडन सफल भयो । दुहबीका लागी चन्दन रौनियारले २६ रन बनाउदा सुरज रौनियारले १४ रन बनाएका थिए । 

इटहरीका लागी म्यानअफ द म्याच भुपाल लुइटेल र सुमित तिमल्सीनाले तीन तीन विकेट लिएकाा थिए भने मनिष दाहालले २ विकेट लिएका थिए । 

आइतबार नै सम्पन्न दोसो्र खेलमा बिराटनगर उपमहानगरपालिकाले इटहरी हरियोलाइ १० रनले पराजित गरेकोछ । सोमबार पहिलो खेल बेलबारी नगरपालिका र पथरीनिश्चरे नगरपालिका बिच हुनेछ । यस्तै दोसो्र खेल बिर्तामोड नगरपालिका र इनरुवा नगरपालिका बिच हुनेछ ।

इटहरी ९ स्थित क्रिकेट मैदानमा चैत्र २७ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद ५० हजार र टफी तथा दोसो्र हुने टिमलाइ २५ हजार र टफी प्रदान गरिने छ । यस्तै बिधागत रुपमा उत्कृष्ट खेलाडीलाइ नगद तीन तीन हजार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाइ ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाइ नगद १ हजार प्रदान गरिने सहित टफी प्रदान गरिने मेयरकप क्रिकेट प्रतियोगिता संचालन समितीका संयोजक सिपी पौडेलले जानकारी दिए ।