​नेपाली आकाशमा नयाँ हेलिकप्टर !

Newslaya Home

​नेपाली आकाशमा नयाँ हेलिकप्टर !

आइतबार २४, चैत २०७५

काठमाडौं । नेपाली आकाशमा नयाँ हेलिकप्टर थपिएको छ । साढे दुई दशकभन्दा बढी अवधिदेखि पर्यटन व्यवसायमा संलग्न व्यवसायीले स्थापना गरेको अल्टिच्यूड एयरले नेपालमा नयाँ हेलिकोप्टर भित्र्याएको हो ।

एयर बस कम्पनीको सबैभन्दा पछिल्लो प्रविधिद्वारा निर्मित एयर बस एच–१२५ बी ३ ई नामको ६ सिटे हेलिकप्टर मलेसिया, थाईल्याण्ड, म्यानमार, बंगलादेशहुँदै बुधबार काठमाडौं आईपुगेको हो ।

कम्पनीले यसअघि नै दुई हेलिक्पटर ल्याईसकेको बजार प्रमुख सिताराम सापकोटाले जानकारी दिए । केही दिन भित्रै नेपाली आकासमा काठमाडौं भित्रिएको नयाँ हेलिकप्टरले नियमीत उडान भर्ने सापकोटाले बताए ।

६ यात्रु र एक जना पाइलट बस्न मिल्ने सिट भएको यो हेलिकप्टरको लागत मुल्य ३५ करोड रुपैयाँ रहेको छ ।