​९ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

Newslaya Home

​९ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

आइतबार २४, चैत २०७५

काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब ९ अर्ब रुपैयाँ बराबको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार तीन भिन्न किसिमका ८ अर्ब ८९ करोड  ८६ लाख ८० हजार  रुपैयाँको बिल जारी गर्न लागेको हो । 

ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार दिउँसो ३ बजे हुँदैछ । ९१ दिनका लागि जारी हुन लागेको एक अर्बको बिल २०७६ असार २४ गते परिपक्व हुनेछ । त्यसैगरी १ सय ८२ दिनका लागि जारी हुन लागेको १ अर्ब ८९ करोड ८६ लाख ८० हजार रुपैयााँको बिल २०७६ असोज २१ गते परिपक्व हुनेछ । 

त्यसैगरी, ३ सय ६४ दिनको लागि जारी हुन लागेको ६ अर्ब रुपैयाँको बिल २०७६ चैत २५ गते परिपक्व हुनेछ ।