​पबजीले लियो अर्का एक किशोरको ज्यान, खेल्न नपाउँदा गरे आत्महत्या

Newslaya Home

​पबजीले लियो अर्का एक किशोरको ज्यान, खेल्न नपाउँदा गरे आत्महत्या

आइतबार २४, चैत २०७५

काठमाडौं । भारतको दक्षिणी क्षेत्रमा एक किशोरले अनलाइन गेम पबजीको कारण आत्महत्या गरेका छन् । पबजीको लत लागेका ती किशोरलाई उनकी आमाले पबजी नखेल भन्दै गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेको छ । 

किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ । १६ वर्षीय किशोरका बाबुले पबजी प्रतिबन्ध लगाउन माग गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । 

आमाले गाली गरेपछि ती किशोरले हैदराबाद स्थित आफ्नै घरको सिलिङ फ्यानमा झुण्डेर आत्महत्या गरेका हुन् ।