​दुृई मिनेटमा दुई गोल गर्दै बार्सिलोनाले खेल जित्यो, मेस्सीले बनाए नयाँ रेकर्ड

Newslaya Home

​दुृई मिनेटमा दुई गोल गर्दै बार्सिलोनाले खेल जित्यो, मेस्सीले बनाए नयाँ रेकर्ड

आइतबार २४, चैत २०७५

एजेन्सी । स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई हराएको छ । 

दोस्रो स्थानको एथ्लेटिको मड्रिडमाथि २–० को जित निकाल्दै बार्सिलोनाले ११ अंकको अग्रता कायम गरेको छ ।

१० खेलाडीमा सीमित भए पनि एथ्लेटिको मड्रिड अन्तिम समयसम्म सम्हालिएको थियो । तर अन्तिमको केही मिनेट उसका लागि घातक बन्यो ।

बार्सिलोनाका लागि ८५ औँ मिनेटमा लुइस स्वारेजले पहिलो गोल गरे । त्यसको एक मिनेटपछि कप्तान लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोनाले एक मिनेटको अन्तरमा २–० को जित निश्चित गरेको हो ।

२८ औँ मिनेटमा नै डिएगो कोस्टा सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि बार्सिलोनाको ३१ खेलबाट ७३ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६२ अंक छ ।

जितसँगै मेस्सीको नाममा नयाँ रेकर्ड दर्ज भएको छ । उनले एउटै क्लबबाट सर्वाधिक खेल जित्ने खेलाडीको रेकर्ड बनाएका हुन् । मेस्सीले बार्सिलोनाका लागि हालसम्म खेलेका खेलमध्ये ३ सय ७५ खेलमा जित निकाल्न सफल भएका हुन् ।