डाफिन्सले जित्यो दुहबी गोल्डकप, यो वर्षको पाँचौ उपाधिमा डाफिन्सको कब्जा

Newslaya Home

डाफिन्सले जित्यो दुहबी गोल्डकप, यो वर्षको पाँचौ उपाधिमा डाफिन्सको कब्जा

शनिबार २३, चैत २०७५

सुनसरी । तेस्रो मनमोहन दुहबी गोल्डकपको उपाधि डाफिन्स क्लबले जितेको छ । क्यामरुनका खेलाडीहरुले भरिएको यो क्लबले यो वर्ष जितेको यो पाँचौ उपाधि हो । 

शनिबार भएको अत्यन्त प्रतिष्पर्धात्मक फाइनल खेलमा नेपाल आर्मीलाई ट्राइब्रेकरमा ८–७ गोलअन्तरले पराजित गर्दै डाफिन्सले उपाधि चुमेको हो ।
विजेता बनेसँगै डाफिन्सले ६ लाख रुपैया र उपविजेता आर्मीले ३ लाख रुपैया पाएको छ । 

एलेभन एरोज क्लब र मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित गोल्डकपमा दुई विदेशीसहित ८ टिम सहभागी थिए ।