​तेस्रो पाँचथर गोल्डकपको तयारी पूरा

Newslaya Home

​तेस्रो पाँचथर गोल्डकपको तयारी पूरा

शुक्रबार २२, चैत २०७५

पाँचथर । पाँचथरको फिदिममा हुने तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबारदेखि प्रतियोगिता हुँदैछ ।

आयोजक पाँचथर फुटवल क्लबले उद्घाटन खेलमा डिएफसी मोरङ र मिसन युनाइटेड ताप्लेजुङबीच प्रतिस्पर्धा हुने जनाएको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका क्लब, १ नम्बर प्रदेश र भारतीय गरी १० टिमको सहभागिता रहने क्लवका अध्यक्ष निशान शिवाकोटीले बताए ।

प्रतियोगिताका विजेताले ४ लाख र उपविजेताले २ लाखसहित ट्रफी पाउने छन् ।