दक्षिण कोरियाका ५ शहरमा भीषण आगलागी, सरकारद्वारा राष्ट्रिय प्रकोप घोषणा

Newslaya Home

दक्षिण कोरियाका ५ शहरमा भीषण आगलागी, सरकारद्वारा राष्ट्रिय प्रकोप घोषणा

शुक्रबार २२, चैत २०७५

सोल । दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच वटा शहरमा भीषण आगलागी भएको छ । आगलागीका कारण एक जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएपछि सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । 

राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट स्थानीय समयानुसार बिहीबार राति उक्त आगलागी शुरु भएको थियो । यस डढेलोबाट करिब २ सय ५० हेक्टर जमिन र १ सय २५ घर ध्वस्त भएको बताइएको छ । 

प्रकोपका कारण हजारौँ व्यक्ति रातारात विस्थापित भएका छन् । प्रकोपपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय व्यवथापन निकायसँग छलफल गरेका थिए । उनले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

कडा हावा र अँध्यारोका कारण अग्नीनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई उत्पन्न भएको बताइएको छ । डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ । उद्वारकार्यको लागि भने अग्नीनियन्त्रक, सुरक्षाकर्मी, अन्य उद्वारकर्मीहरु गरी करिब १० हजार व्यक्ति परिचालन गरिएको बताइएको छ ।