​म्यानचेस्टर युनाइटेड छाड्ने तयारीमा पाँच स्टार खेलाडी

Newslaya Home

​म्यानचेस्टर युनाइटेड छाड्ने तयारीमा पाँच स्टार खेलाडी

शुक्रबार २२, चैत २०७५

काठमाडौं । म्यानचेस्टर युनाइटेडले नयाँ वर्षसँगै सानदार खेल खेल्दै आइरहेको छ ।  

तर, क्लबका केही खेलाडीहरुलाई लिएर प्रशिक्षक ओले गनर सोल्सायर चिन्तित छन् । उनीहरुले आफुले चाहेजस्तो खेल प्रदर्शन गर्न नसकिरहेको उनको भनाइ छ ।

मिडिया रिपोर्टका अनुसार म्यानुलाई एलेक्सिस सान्चेज, एण्डर हेरेरा, जुयन माटा, माटियो डार्मियन, मार्कोस रोजो र एन्टोनियो भ्यालेनसिया जस्ता खेलाडीहरु म्यानुलाई हरो बनेका छन् ।

उनीहरुको म्यानुसँग अझै केही वर्ष सम्झौता रहेको छ । तर, उनीहरु क्लबमा खुसी नरहेको कुरा बाहिर आएको छ । फुटबल समिक्षकहरुका अनुसार उनीहरु क्लब छोड्ने तयारीमा छन् । उनीहरुको विकल्पमा को खेलाडीहरु हुन सक्छन् भन्ने कुरा पनि ओलेको टाउको दुखाईको विषय बनेको छ ।

उनीहरुले क्लब छोड्ने निश्चित जस्तै रहेको छ तर उनीहरुको विकल्पमा स्तरीय खेलाडी भने नपाएको क्लबको दुखेसो छ । मिडिया रिपोर्टका अनुसार म्यानुले रियल मड्रिडका डिफेण्डर राफायल भराने र कालिदोउ कोलीबेलीलाई अनुबन्ध गर्न चाहेको छ ।