अमेरिकाको टेक्सासबाट २८० जना आप्रवासी पक्राउ

Newslaya Home

अमेरिकाको टेक्सासबाट २८० जना आप्रवासी पक्राउ

बिहीबार २१, चैत २०७५

अमेरिका । अमेरिकाको टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले पक्राउ गरेका छन् ।

एक दशकयता अमेरिकी इतिहासमै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु पक्राउ गरिएको यो पहिलो पटक हो ।

अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार सङ्घीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलोजी ग्रुपमा कार्यरत २८० जना कर्मचारीलाई पक्राउ गरेका हुन् । यो कम्पनी डल्लासबाट करिब २४ किलोमिटर उत्तरपूर्वको अलेनमा छ ।

सङ्घीय जाँच एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिहरु उक्त कम्पनीमा कार्यरत रहेको दाबी गरेको छ, तर पक्राउ परेका व्यक्तिहरुका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।