‘संस्कारयुक्त गुणस्तरीय शिक्षामा अब्बल किड्स ह्याप्पी होम तरहरा’ : रीता भुषाल

Newslaya Home

‘संस्कारयुक्त गुणस्तरीय शिक्षामा अब्बल किड्स ह्याप्पी होम तरहरा’ : रीता भुषाल

बिहीबार २१, चैत २०७५

रीता भुषाल इटहरीको लागि पुरानो नाम होइन । तर इटहरीको शैक्षिक क्षेत्रमा भुषालको योगदान र सक्रियताको चर्चा चल्ने गर्छ । २०६९ मा स्थापना भएको ‘किड्स ह्याप्पी होम’ नामक स्कुलले छोटो अवधिमै गुणात्मक फड्को मारेको छ । सुरुमा ६–७ जना विद्यार्थीबाट सुरु भएको यो मन्टेश्वरीमा अहिले १६५ जनाभन्दा बढि विद्यार्थी अध्ययनरत् छन् । १४ जना शिक्षक शिक्षिकाहरु छन् । चुस्त व्यवस्थापन र स्तरीय शिक्षाका कारण यस संस्थाले गरेको विकासका विविध पक्षका बारेमा न्युजलयकी सरिता भण्डारीले गरेको कुराकानी :

स्कुल खोल्ने योजना कसरी बनाउनुभयो ?
मैले शिक्षण थालेको ११ वर्ष भयो । मैले पहिला कतारको किड्स क्लबमा तीन वर्षमा काम गरेँको थिएँ । त्यसपछि काठमाडौं आएर तालिम लिएँ र त्यहीँ पढाए । त्यसैले विदेशमा, काठमाडौमा अनि इटहरीमा अध्यापन गरेको अनुभव छ ।  पछि २०६९ मा यो स्कुल खोलेको हुँ । 

तरहरामै स्थापना गर्नुको कारण के हो ?
तरहरामै स्थापना गर्नुको कारण भनेको जुन समयमा हामीले स्कुल स्थापना गर्यौं, मन्टेश्वरी भनेर इटहरी तिर मात्र थिए । तरहरामा थिएनन् । तरहरामा हाम्रो पहिलो मण्टेश्वरी हो । यहा एउटा पनि प्रि–स्कुल, मण्टेश्वरी नभएको कारण हामीले यहाँ स्थापना गरेको हौँ । 

यस स्कुलमा अन्य स्कुल भन्दा कस्तो फरक तरिकाले पढाइन्छ ?
हाम्रो स्कुलमा बच्चाहरुको चौतर्फी विकासलाई ध्यान दिएर व्यवहारीक रुपमा पढाइन्छ । अन्य स्कुलमा सुरुबाटै फरक हुन्छ, बच्चालाई घोकाएर, रटाएर पढाइन्छ । अन्य स्कुलले आफ्नो पाठ्यक्रममा के छ त्यसलाई ध्यान दिएुर पढाउने गर्छ भने हाम्रो स्कुलमा बच्चाहरुलाई व्यवहारीक रुपमा पढाउँछौ । 

हामीले बच्चाहरुको चौतर्फी विकासलाई ध्यानमा राखेर च्याप्टर के बेसमा छ त त्यसलाई नै व्यवहारीक रुपमा पढाउँछौ । जस्तै यातायातको विषयमा छ भने गाडी तथा ट्राफिकसम्बन्धी जनचेतना दिने, जनावरसम्बन्धी छ भने जनावर देखाउने, रुख विरुवाहरुको छ भने त्यससम्बन्धी ठाउँमा लगेर देखाउने लगायत पाठ्यक्रमअनुसार हामीले बालबालिकालाई प्रयोगात्मक शिक्षाको बारेमा जनचेतना फैलाउँदै आएका छौँ । 

यस स्कुलको विशेषताहरु के-के छन् ?
हाम्रो स्कुलमा स्वस्थ खानेकुरा वितरण गरिन्छ । अनुभवि शिक्षकद्वारा पढाइन्छ । यस्तै आगामी दिनमा अझै सुविधायुक्त भवनसहित नयाँ स्मार्ट बोर्डका साथै टकिङ पेनको सहायताले अध्यापन गराउने योजना बनाएका छौँ । 

आउने शैक्षिक सत्रबाट आइरेस फ्लोरेन्स भन्ने भारतीय चेन फ्रेन्चाइज ल्याएका छौ । अब पाठ्यक्रमहरु सबै त्यही अनुसारले राखिन्छ । 

मण्टेश्वरी तथा प्रि–स्कुलमा तलिम प्राप्त शिक्षकहरु राख्ने व्यवस्था छ, तपाइको स्कुलमा चै कस्तो व्यवस्था छ ?
हाम्रो स्कुलमा पनि अनुभवि प्राप्त तथा तालिम लिएका शिक्षकहरु हुनुहुन्छ । युकेजीसम्मलाई तालिम प्राप्त शिक्षकहरु नै राखेका छौँ भने जो चै बिएडबाट पढेर आउनु भएको छ उहाँहरुलाई हामी यहि नै हप्ता-हप्तामा तालिम दिएर दक्ष बनाउँछौं । 

अहिले इटहरी लगायतका सहरहरुमा मण्टेश्वरी तथा प्रि–स्कुल खोल्ने होडबाजी चलिरहेको छ ।  शिक्षालाई पैसाको अस्वस्थ प्रतिष्पर्धा हुने क्षेत्र बनाइँदैछ नि ।

दुःख त यहि कुरामा लाग्छ, अहिले बजारका शैक्षिक योग्यता केहि हेरिदैन, मण्टेश्वरी ट्रेनिङ दिने संस्थाले पनि तालिम लिन कस्तो मान्छे आउँदैछ, कति योग्यता छ भनेर हेर्दैन । प्लस टु पनि नगरेकाहरुले पनि मन्टेश्वरी तालिम लिइरहेका हुन्छन् । तालिम लिन पाइन्छ, तालिम लिएर आफ्ना छोराछारीलाई हेरबिचार गर्न मिल्छ । कतिपय आमाहरुले आफ्ना नानिहरुको लागी तालिम लिइराख्नु भएको हुन्छ । त्यो एकदमै राम्रो कुरा हो । तर आफ्नो शैक्षिक योग्यता नभएकाहरुले पनि तीन महिना तालिम लिएकै भरमा मण्टेश्वरी खोलेका हुन्छन् । त्यो चै एकदम नराम्रो तरिका हो । 

वास्तवमा प्रि–स्कुल भनेको कलेज चलाउनु भन्दा नि गाह्रो काम हो । तर यहाँ अहिले फेसन बनेकोछ । अभिभावकहरुले पनि केहि पनि नबुजी आफ्ना नानीहरुलाई स्कुलमा हाल्ने गर्नुहुन्छ । पहिला आफ्नो बच्चाको कहाँ चौतर्फी बिकास हुन्छ भन्ने कुरा चै ध्यान दिएर आफ्ना नानीहरुलाई स्कुल भर्ना गरेको राम्रो हो । 

नेपालमा शिक्षाको अवस्था कस्तो छ ? 
नेपालको शिक्षाको अवस्था एकदमै कमजोर छ । सरकारले खर्च गरेको बजेटअनुसार नेपालको शिक्षाको अवस्था सुधारीएको छैन । शिक्षक तथा कर्मचारीलाई सरकारले कति तलब खुवाइरहेको हुन्छ तर, प्रायः सरकारी स्कुलहरु हेर्नुस्, शिक्षकहरु आफ्नै तालमा हुन्छन् । सरकारी स्कुलको एउटा कक्षामा छिर्ने अवस्था हुदैन । सोही कारणले होला च्याउसरी मण्टेश्वरी र निजी स्कुलहरु खुलेका । हरेकले आफ्नो ठाउँमा आफ्नो पेसा इमानदारी भएर निभायो भने सुधार आउँछ । 

यसलाई सुधार्न के गर्नुपर्ला ?
यसलाई सुधार्नका लागि सबैजना आफ्नो ठाउँबाट इमान्दार हुनुपर्यो । म यो पेशामा आबद्ध छु र मेरो कर्तव्य महिले पुरा गर्नुपर्छ भन्ने सोँच हुनुपर्यो । हाम्रो स्कुलमा हामी सबै शिक्षक ९ बजे स्कुलमा प्रवेश गरि सक्नु पर्ने हुन्छ भने ५ बजे मात्र सबै शिक्षकको छुट्टी हुन्छ । 

बच्चाहरु आउनु भन्दा अगाडी कक्षा सबै तयारी हुन्छ । आज के पढाउने भन्ने विषयमा छलफल हुन्छ र तयारी हुन्छ । हाम्रो ध्यान भनेकै बच्चाहरुको विकासमा जान्छ । हाम्रोमा एक जना म्याम नआउने हुँदा पनि अर्को म्यामले पढाउन सक्नु हुन्छ । यसरी नै हरेक शिक्षक तथा स्कुलले आफ्नो जिम्मेबारी निभायो भने नेपालको शैक्षिक अवस्थामा सुधार आउथ्यो होला । 

प्रि–स्कुल तथा मण्टेश्वरीलाई सरकारले के गर्दियो भने राम्रो हुन्थ्यो जस्तो लाग्छ ?
यसको लागी सरकारले शिक्षित व्यक्तिले मात्र स्कुलहरु खोल्न पाउने व्यवस्था गर्दिए हुने जस्तो लाग्छ  । शैक्षिक स्तर राम्रो भएको, जसले तालिम लिएको छ, जसले.यस सम्बन्धी काम गरेको छ त्यस्तो व्यक्त्तिले मात्र खोल्न पाउने व्यवस्था गरिदिने हो भने नेपालको शैक्षिक अवस्थामा पनि निक्कै सुधार आउँथ्यो । 

अन्त्यमा के भन्न चाहनु हुन्छ ?
अन्त्यमा अरुको कुरामा नजानुस्, आफ्नो बच्चालाई आफै पढ्नुस् र बच्चाको चौतर्फि विकास कहाँ हुन्छ त्यसलाई ध्यानमा राखेर स्कुल चयन गर्नुस् । महंगो स्कुल भयो भन्दैमा त्यो  स्कुल राम्रो छ भन्ने हँुदैन् । होडबाजीमा यो स्कुलले धेरै फि लिन्छ भन्दैमा राम्रो छ भनेर नफस्नुस् । आफ्नो बच्चालाई कहाँ पढाउँदा राम्रो हुन्छ त्यही पढाउनुस् । स्कुलकै भरमा मात्र नपर्नूस्, आफ्नो बच्चालाई कम्तीमा एक देखि दुई घण्टा सम्म समय दिने गर्नुस् ।