​न्यायाधीशहरुले न्यायलयको इज्जत जोगाउन सक्लान् ?

Newslaya Home

​न्यायाधीशहरुले न्यायलयको इज्जत जोगाउन सक्लान् ?

सुमन चन्द्र कार्की\शालिग्राम पाण्डे
बिहीबार २१, चैत २०७५

न्यायाधीशहरुको राष्ट्रिय सम्मेलनन्यायकर्मीहरुको राष्ट्रिय सम्मेलनमा रुपान्तरण हुन्छकीहुँदैन हेर्न बाँकीनै छ । नियमितहुने राष्ट्रिय सम्मेलनको रुपमा यो वर्ष पनिआवधिक राष्ट्रिय सम्मेलनको वर्ष भएको प्रष्टै छ । 

राष्ट्रिय सम्मेलनआवधिक स्वरुपको हुनुभन्दापनिविशेष अभियान र एजेण्डा साथको हुनु बढी महत्वपूर्ण हुने गर्दछ । नयाँ संविधानको विकास क्रमका साथ साथै रुपान्तरित राज्यव्यवस्थामा नेपालीजनताले विकासको आशातितप्रतिफललाई समानरुपमाउपभोग गर्न पाउने अधिकारको सर्वाङ्गिण वान्यायोचितवितरणको प्रत्याभुतिगर्नु समग्रमान्यायबुझिएतापनि सबै प्रकृतिका महत्वपूर्ण विषय वस्तुहरु अदालतप्रवेश गर्न नसक्नु, अदालतप्रवेश गरे पनिउन्नत र विवेक सम्मतव्याख्याहुननसक्नु र अदालतआफै पटक पटकशक्ति संचय र शक्ति संंघर्षको विषय वस्तु बनीरहनुले अदालतको अमुर्त स्वरुपप्रतिको मानवीयकर्मलाई वास्तवविकतामा रुपान्तरित गर्न न्याायधीशहरुको महत्वपूर्ण भुमिकाहुने गर्दछ ।
 
न्यायाधीशकर्म र संरचनाले अदालतको सम्पुर्ण शरीर, न्यायको भावना, अदालतको आत्मा र अदालतको मस्तिकभएको हुँदान्यायाधीशविनाअदालत,अदालतविनान्याय सम्भव छैन । त्यसमापनि २१औं सताब्दीमा स्वतन्त्रन्यायालयभनेर मात्रपुग्दैन । सक्षमन्यायालयको अपरिहार्यता बढेर गएको कुरा विश्व भरि विकसितविधिशास्त्रले प्रमाणीत गरेको कुराहो । 
सार्वभौम सत्ताको प्रत्याभुति स्वच्छ न्यायप्राप्तीको अधिकार पनिहो । 

यसैले कार्यकारिणी र न्यायालयकाविचअनुत्तरित शक्ति संघर्ष हुने गर्दछ । महाभियोगको अनुचितप्रयोग र गैर संवैधानिक र गैर कानुनी सिद्धान्त विपरितको सार्वजनिक संसदिय सुनवाई यसकाउदाहरणहरु हुन् । नेपालमा यस किसिमको शक्ति संघर्ष जन्मेको र हुर्कदै गरेको अवस्था रहेको हुँदान्यायाधीशहरुमा सक्षमता (अयmउष्तभलअथ)को अभाव, विविध स्वार्थहरुकाकारण निर्लिप्तहुँदै गएको भान सबै न्यायप्रेमी, न्यायकाउपभोक्ता, कानुन प्राज्ञहरुका बिचमा छलफल र विचार विमर्शको कुरा भएकै छ । 

यस कुरा प्रतिन्यायालयको न्यायीकभावनको आत्मा केन्द्रीतप्रत्याभुतिकालागिन्यायाधीशले आप्mनो सिपक्षमता र विज्ञता अक्षुण राख्नु जरुरी छ । अन्यथान्यायालयनामको पार्थीव शरीरमात्रउभिने छ र न्यायीकभावना र आत्माको अन्त्यहुने छ । यस्तो अवस्थामान्यायाधीशहरुको राष्ट्रिय सम्मेलनआवधिकहुन सक्छ तर अभियानमुखीहुन सक्दैन । 

न्यायधीशहरुको सम्मेलनआवधिक रुपमाहुँदै गर्दा पनिविगत सम्मेलनहरुबाट पारित घोषणापत्रमा न्यायीक सामाजिकरणको मुर्त स्वरुप पैदायस गर्नेभन्दापनिनिजी पेसा र पेशागतमानिसहरुको समुहले पारित गर्ने जस्तो पेशागतहकहितको घोषणा पत्रमात्रजारी गर्नु कुनै औचित्यहुदैन । 

न्यायधीशको सुविधा र वृत्तिविकासको कुरा नाजवाफ राज्यले स्वीकृतिगर्ने विषय वस्तु भएको हुँदा पेसागतहकहितको आलंकारिकताले अदालतको न्यायीकभावनालाई मुर्तरुप दिदैन । केहीन्यायाधीशहरुको ध्यान सक्षमताभन्दा सुविधातर्फ,आचरणभन्दा उन्मादतर्फ,न्यायभन्दाभक्तिभावतर्फ, निष्पक्षताभन्दापक्षपाततर्फ, सदाचारभन्दा भष्ट्राचारतर्फ केन्द्रितहुँदै गर्दा अभियानविहिन घोषणापत्र जारी गर्नुको कुनै अर्थ छैन । 

नेपाली समाजमाकानुन र कानुनको व्यवहारीकउपयोगलाई हेर्ने हो भने वामान्य अनुसन्धानविधिलाई प्रयोग गरि जनमत प्रकट गर्ने हो भने नकारात्मक सुचिकरणहरुको आँकडा अस्वभाविक रुपमा देखिने अवस्था छ । अस्वभाविक अदालती दस्तुर, महँगाकानुनव्यवसायीहरु, मुद्दामा दलाली प्रणाली, न्यायीकआचरणको छताछुल्ल अवस्थाकाकारण दिनहिन र निमुखाहरुले न्यायको तातो घाम ताप्नपाउने अवसरबाट बन्चितहुनु परेकै छ ।  ठूला ठूलाव्यापारीहरु, व्यापारीक घराना, सामथ्र्यवान राजनीतिकर्मी र अन्तर्राष्ट्रिय चाटुककारहरुले न्यायाधीशहरुलाई विवादीतबनाएको कुरा नागरिकहरुको हेक्का र अनुभवबाहिर छैन । 

यस्ता कुराहरुलाइप्रतिकार गर्न सक्ने घोषणा पत्रको अपरिहार्यताआजको आवश्यकताहो  ।यस्तो अभियानले मात्रन्यायाधीशहरुको सम्मेलनले सकारात्मकअभियानको स्तम्भधारण गर्न सक्छ ।

जीवनभरी निष्ठाले न्यायाधीशहुने महानुभावहरु प्रति राज्यले सम्मान गरेको अवसर नेपालीन्यायीक सभ्यतामाकहिल्यै देखिएन । जनतालाई न्यायीक तृप्तीप्रदानगर्ने निष्ठाले निष्पक्षता,आचरणले मर्यादित, दिनचर्यालाई विचलन र जीवनलाई न्यायीककर्मबाट लाभको अवसर नबुझि रातदिनअथक मेहनतगरिन्यायालयको शिर उँचो पार्ने न्यायाधीशमहानुभावहरुलाई स्वीकार्ने नेपालीनागरिकको जमातपनिकम छैन । यस महानअभियानलाई आत्मसातगर्ने न्यायाधीशहरुको संख्यान्युन रहेतापनित्यसकाबाबजुदपनिजमातले न्यायलयको मर्यादामाप्रतिकुल असर पारेकै छ । केहीन्यायाधीशहरुको साख, शौगात, अहमता, फुटानी र अस्वभाविकआर्थिक आचरणले उनीहरुका छिमेकी, समाज, इष्टमित्र, परिवारलाई दिग्भ्रभित र आश्चर्यचकितबनाएकै छ । 

यस्तो अवस्थामान्यायाधीशको आचरण प्रति सामाजिककानेखुसी र चर्चा हुनु न्यायालयको मर्यादा अक्षुण राख्ने कुरालाई सहयोग पु¥याउने कुरा होइन । आर्थिक सूचकांकका दुष्टिले आयभन्दा अस्वभाविक खर्च, सामाजिकहर्कतले केहीन्यायाधीशहरुको आचरण प्रतिप्रश्न उठ्ने गरेकाछन् । 

आर्थीक जीवनमा रहेका हरेक पेसा, वर्ग र समुदायभन्दाउपल्लो आर्थिक तृप्तीको अवसर तीन्यायाधीशहरुलाई कसरी प्राप्त हुन्छ भन्ने सामाजिकचासो दिनदिनै बढेतापनि राज्य संचालनगर्ने रथीहरु चुपचापनै छन् । जहाँ स्वार्थहरु समानान्तर बाँडफाँड हुने गरेका छन्, महान हृदय र निष्ठा भएका केहीन्यायधीशहरुले अदालतको गुम्दै गएकोजनआस्था, मर्यादालाई दिप्तउदिप्त रुपमाउज्यालोतर्फ अभिमुखिकरण गराउनु वान्छनीय छ । 

नेपालीनागरिक आकांक्षालेत्यो कोटीका न्यायाधीशहरुको कर्मले न्यायालयको इज्जत, प्रतिष्ठा, गरिमा, दक्षता, निष्पक्षता, पारदर्शीता उठाउने कुरामाअभियानको मुल घोषणा पत्रजारी गर्ने तर्फ तत्पर भएको देख्न चाहन्छन् । जब यी कुराहरुको परिपूर्ति भयो भने असलमानिसको असलकर्मको प्रतिफलआमनागरिकले उपभोग गर्न पाउनुनै वास्तविक रुपमाप्रजातन्त्र र कानुनको शासनहो । तबमात्रन्यायालयको स्वतन्त्रता, सक्षमता, पारदर्शीता  समाजले ग्रहण गर्न सक्छ र अदालतमर्यादितहुन सक्छ । सबका चेतनाभयाः ।