​किन्डरगार्डेनका एक शिक्षकले २३ बच्चालाई खानामा विष मिसाएर दिएपछि.....

Newslaya Home

​किन्डरगार्डेनका एक शिक्षकले २३ बच्चालाई खानामा विष मिसाएर दिएपछि.....

बुधबार २०, चैत २०७५

बेइजिङ । मध्य चीनको हेनान प्रान्तका एक किन्डरगार्डेनका शिक्षकले २३ जना बच्चालाई विष खान दिएको खुलासा भएको छ । 

आरोपी शिक्षक वाङलाई प्रहरीले गिरफ्तार गरेको छ । यो घटना मार्च २५ को हो । प्रहरीका अनुसार वाङले बच्चालाई खानामा विषालु सोडियम नाइट्राइट दिएका थिए । विषयुक्त खानाको सेवनपछि बिरामी भएका धेरैजसो बालबालिका अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ७ जनाको उपचार भइरहेको छ ।

सोडियम नाइट्राइट मासु तथा माछा उत्पादनमा प्रयोग हुने खाद्य पदार्थ हो । यसको गलत सेवनले मानिसको ज्यान समेत जान सक्छ ।