​महिला ओलम्पिक फुटबल छनोटमा आज नेपाल र म्यानमार भिड्दै

Newslaya Home

​महिला ओलम्पिक फुटबल छनोटमा आज नेपाल र म्यानमार भिड्दै

बुधबार २०, चैत २०७५

काठमाडौं । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा बुधबार (आज) नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि पहिलो चरणमा पनि म्यानमारसँग नेपालले १–१ गोलको बराबरी खेलेको थियो । जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ मा नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत छन् ।

दोस्रो खेलमा नेपालले भारतसँग तिस्प्रधा गर्ने छ ।