​दुहबी गोल्डकपः दाउफिन्सद्वारा वेष्ट बंगाल ३–१ ले पराजित

Newslaya Home

​दुहबी गोल्डकपः दाउफिन्सद्वारा वेष्ट बंगाल ३–१ ले पराजित

मङ्गलबार १९, चैत २०७५

इटहरी । मनमोहन दुहबी गोल्डकप अन्तर्गत मङ्गलवार भएको खेलमा दाउफिन्स क्यल क्यामरुन विजयी भएको छ । 

मङ्गलवार भएको अन्तिम क्वार्टरफाइनलको खेलमा दाउफिन्सले रोयल क्लब वेष्ट बंगाललाई ३–२ को अन्तरले पराजित गरेको हो । जितसँगै दाउफिन्स सेमिफाइनलमा प्रवेश गरेको छ । 

खेलको पहिलो हाफको ४ मिनेटमा वानिक ओवानाले दाउफिन्सका लागि पहिलो गोल गरेका थिए । तर दाउफिन्सको यो अग्रतालाई २६ औँ मिनेटमा गोल गर्दै वेष्ट बंगालका बेनीटोले बराबरीमा झारिदिएका थिए । 

तर उनको यो बराबरीलाई दाउफिन्सका मेसोकोले धेरैबेर भने टिक्न दिएनन् । खेलको ३६ औँ मिनेटमा मेसोकेले दाउफिन्सको अग्रतालाई दोब्बर बनाएका थिए । त्यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेको थिएन । 

यस्तै दोस्रो हाफको १३ मिनेटमा दाउफिन्सका कोनाले गोल गर्दै दाउफिन्सको अग्रतालाई ३–१ मा पु¥याए । उता दोस्रो हाफको १७ मिनेटमा क्रिसले वेष्ट बंगालको लागि १ गोल गरे पनि वेष्ट बंगालले आफ्नो हारलाई भने रोक्न सकेन । 

आजको  खेलको म्यान अफ दी म्याच दाउफिन्सका मेसोके घोषित भएका थिए । उनले आयोजकको तर्फबाट नगद १० हजार र ट्रफि प्राप्त गरे ।