​चीनमा डढेलोको कारण ३० जनाको मृत्यु, अझै आगो नियन्त्रणमा आउन सकेन

Newslaya Home

​चीनमा डढेलोको कारण ३० जनाको मृत्यु, अझै आगो नियन्त्रणमा आउन सकेन

मङ्गलबार १९, चैत २०७५

चीन । चीनको सुचुआन प्रान्तको जंगलमा डढेलो लाग्दा ३० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २७ जना उद्दारकर्मी र तीन जना स्थानीयहरु रहेको बताइएको छ । उनीहरु सबैको शवलाई जंगलबाट निकालिएको अधिकारीहरुले जनाएका छन् ।

शनिबार बेलुकीबाट मुली कन्ट्रीको ‘अल्पाइन फोरेष्ट’बाट सुरु भएको डढेलो हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणमा लिनका लागि आइतबारदेखि ६८७ अग्नी नियन्त्रकलाई परिचालन गरिएको छ । तर ३ हजार ८ सय मिटर माथि रहेको जंगली क्षेत्रमा आगो लागेकाले नियन्त्रण गर्न कठिनाइ भइरहेको बताइएको छ ।

जंगली क्षेत्रमा तीव्र गतिमा चलेको हावाहुरीका कारण आगो फैलिँदै गएको बताइएको छ ।

जंगलमा गएका उद्दारटोली मध्ये धेरैजसो सम्पर्क बिहिन भएका थिए । त्यसैक्रममा २७ उद्दारकर्मीको मृत्यु भएको बताइएको छ ।

उनीहरुलाई उद्दार गर्न सेनाका दुई हेलिकप्टर प्रयोग गरिनुका साथै राहत सामाग्री समेत पठाइएको छ ।

डढेलो पछि सो क्षेत्रमा रहेको ६ गाउँबाट हजारौं मानिसहरुलाई अन्यत्रै सारिएको छ ।