​अछाममा चट्याङ लागेर १५ जना घाइते, सातको अवस्था गम्भीर

Newslaya Home

​अछाममा चट्याङ लागेर १५ जना घाइते, सातको अवस्था गम्भीर

मङ्गलबार १९, चैत २०७५

अछाम । अछाममा सोमबार राति चट्याङ लागेर १५ जना घाइते भएका छन् ।

हावाहुरीसँगै परेको चट्याङका कारण रामारोशन गाउँपालिका–५ का चार जना र पञ्चदेवल बिनायक नगरपालिका–९ का ११ जना घाइते भएका हुन् ।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार केही घाइतेको बयलपाटा अस्पताल र केहीको चिल्तडा स्वास्थ केन्द्रमा उपचार भइरहेको छ ।