​अफगानिस्तानको प्रहरी चौकीमा तालिवानको आक्रमण, आठ प्रहरीको मृत्यु

Newslaya Home

​अफगानिस्तानको प्रहरी चौकीमा तालिवानको आक्रमण, आठ प्रहरीको मृत्यु

मङ्गलबार १९, चैत २०७५

काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा रहेको एक प्रहरी शिविरमा गएराति तालिबान लडाकू समूहले गरेको आक्रमणमा परि आठ जना प्रहरीको मृत्यु भएको छ । 

यस्तै उक्त आक्रमणमा परी अन्य ६ जना घाइते भएको स्थानीय प्रहरी स्रोतले मङ्गलबार जनाएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट सुरक्षाको जिम्मा अफगान सुरक्षाबलले लिएपछि अफगान सुरक्षाकर्मीको मृत्यु हुनेक्रम बढेको छ ।