"रगत बग्छ कि पानी ?" (कविता)

Newslaya Home

"रगत बग्छ कि पानी ?" (कविता)

सोमबार १८, चैत २०७५

अत्याचार र अनाचारका काला बादलहरुले
मानिसका चेतनालाई ढाकिरहॅदा,
मानिसका मनहरुमा अन्याय भरीपूर्ण रहिरहॅदा,
बर्षौंदेखि यस्तै नियति व्यहोरीरहॅदा,
ढुॅगा बोल्लान् तर मानिस बोलेनन्।।

कालापानी र सुस्तामा सीमा मिॅचिदा,
अन्य ठाउॅका दशगजाका पिलर भत्कॅदा,
नेपाल आमाको छाती विक्षिप्त तुल्याॅइदा,
केही बोलेनन्,कोही बोलेनन्,
विवेक र चेतनामा नउघ्रिने पट्टी लागेकाहरु
दिनदहाडै हिंस्रक नरपशु बनिदिदा,
नैसर्गिक अधिकार
कुण्ठित पारिरहॅदाॅ,
 धेरै "निर्मलाहरु"कानमा अझैसम्म
 गुन्जाईरहॅदा,
कोही बोलेनन् ,केही बोलेनन्
यिनीहरुका शिराधमनीमा 
के साॅच्चै रगत बग्छ?
कि  बग्छ पानी?

किन यसरी मानिसका मनमा
आसुरीवृत्ति हावी भयो?,
अखाध्य आहारले हो कि?
विकृत विचारले हो कि?
अरुको पीडालाई किन आफ्नो 
खुशी संझेको?
के संवेदना हराउॅदै गएको हो ?
मानिसका सजीव मनमा
निर्जीव प्लाष्टिकका अदृश्य फूलहरु
स्थापित हुन पो  थालेको हो कि?
अनि ,
मानिसका नसानसामा
 साॅच्चैं रगत छोडी पानी बग्न थाल्या हो??