पेरुमा गुडिरहेको बसमा आगलागी हुँदा २० जान यात्रुको मृत्यु

Newslaya Home

पेरुमा गुडिरहेको बसमा आगलागी हुँदा २० जान यात्रुको मृत्यु

सोमबार १८, चैत २०७५

काठमाण्डौ । पेरुको राजधानी लिमामा एउटा बसमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

खचाखच यात्रु राखेर गुडिरहेको बसमा अकस्मात आगो लागेको थियो । उक्त आगलागीको कारण हालसम्म पत्ता लाग्न सकेको छैन । 

पेरुमा यस वर्षको शुरुबाट हालसम्म भएको यो दोस्रो ठूलो दुर्घटना हो । यसअघि  गत जनवरी २५ एक नदीमा बस खस्दा कम्तीका १० यात्रुको मृत्यु हुनुको साथै अन्य ३० घाइते भएका थिए ।

पेरुमा सवारीका साधनहरु दुर्घटनामा पर्ने घटनाहरु बारम्बार भइरहन्छन् ।