चीनको एक इलेक्ट्रोनिक्स कारखानामा विस्फोट हुँदा सात जनाको मृत्यु

Newslaya Home

चीनको एक इलेक्ट्रोनिक्स कारखानामा विस्फोट हुँदा सात जनाको मृत्यु

आइतबार १७, चैत २०७५

बेइजिङ । पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट भएको र त्यसबाट फैलिएको आगोले कारखानाको वर्कसपमा ठूलो क्षति पुगेको थियो । कुनशान वाफर टेक्नोलोजी लिमिटेडमा भएको उक्त विस्फोटको बारेमा छानबिन भइरहेको स्थानीय सरकारी अधिकारीहरुले जनाएका छन् । 

यही प्रान्तमा गत साता रसायन प्लान्टमा भएको एक विस्फोटका कारण ७८ जनाको मृत्यु हुनुका साथै सयौं व्यक्ति घाइते भएका थिए । 

चीनमा नियमित झैं हुने गरेका घातक दुर्घटनाहरुले कारखानाको सुरक्षाप्रति चीनमा बेवास्ता गर्ने गरिएको देखाएको छ ।