साउदीले अमेजनका संस्थापक बेजोसको फोन ह्याक गरेको आरोप

Newslaya Home

साउदीले अमेजनका संस्थापक बेजोसको फोन ह्याक गरेको आरोप

आइतबार १७, चैत २०७५

काठमाडौं । अमेजनका संस्थापक तथा विश्वकै धनी व्यक्ति जेफ बेजोसको तस्वीरहरु लिक भएको विषयमा अनुसन्धान गरिरहेका गाविन डी बेकरले बेजोसको फोन साउदी अधिकारीहरुले ह्याक गरेको बताएका छन् ।

यी तस्वीरहरु बाहिरिएपछि बेजोसको पत्नीसँग सम्बन्धविच्छेद भएको थियो ।

आइतबार यो खुलासा गर्दै बेकरले यो तस्विर लिक हुनु र पत्रकार जमाल खशोगीको हत्याबारे वासिङ्टन पोस्टमा समाचार छापिएको विषयसँग सम्बन्धित रहेको बताएका छन् । वासिङ्टन पोस्ट जेफ बेजोसकै पत्रिका हो ।