​यस्ता छन् गर्मीमा नरिवल पानी पिउनुका फाइदा

Newslaya Home

​यस्ता छन् गर्मीमा नरिवल पानी पिउनुका फाइदा

मङ्गलबार १२, चैत २०७५

गर्मी याम सुरु भएसँगै स्वास्थ्यसम्बन्धी अनेकौं समस्या देखा पर्न थाल्छन् । धेरै गर्मी भयो भन्दै मानिसहरु पानीको सट्टा पिय पदार्थहरु पिउने गर्छन् । जसले हाम्रो शरिरलाई असर गर्छ । 

तर, नरिवल पानी पिउनाले गर्मीबाट बचाउँछ र स्वास्थ्य राम्रो बनाउँछ । गर्मीमा छाला डढ्ने समस्यालाई पनि यसले समाधान गर्छ । त्यसैले विभिन्न पिय पदार्थ पिउनुको साटो नरिवल पानी पिउनु फाइदा हुन्छ । आउनुहोस् जानौँ यसका फाइदा बारेः 

– गर्मीमा शरीरबाट ऊर्जास्तर घट्छ र रोगप्रतिरोधक क्षमता पनि कम हुन्छ । यस्तो स्थितिमा नरिवल पानी पिउँदा शरीर ठण्डा हुन्छ र इलेक्ट्रोलाइट्स पनि पुग्छ । 

– गर्मीमा धेरै मानिसमा उच्च रक्तचापको समस्या देखापर्छ । त्यस्ताले नरिवल पानी पिउनु ठीक हुन्छ । त्यसमा भिटामिन सी, पोटेसियम र म्याग्नेसियम हुन्छ र रक्तचाप नियन्त्रणमा रहन्छ । 

– मोटोपन भएका मानिसहरूका लागि पनि नरिवल पानी लाभदायक हुन्छ । यसमा लो फ्याट हुन्छ जसले भोक प्यासलाई कम राख्छ र शरीरलाई आवश्यकताअनुसार पोषक तत्त्व दिन्छ । 

– गर्मीमा शरीरबाट पानी कम हुन्छ । तर नरिवल पानी पिउँदा शरीरले प्राकृतिक रूपमा पानी प्राप्त गर्छ । 

– गर्मीमा प्रायः दिमागले काम गर्न सक्दैन र सहनशक्ति घट्छ । दिनदिनै नरिवल पानी पिउनुभयो भने स्टामिना बढ्छ । 

– गर्मीमा छालासम्बन्धी समस्या हुन्छ जसलाई कम गर्नका लागि नरिवल पानी लाभदायक हुन्छ । यो पिउँदा शरीरमा भएका विषाक्त तत्त्वहरू हट्छन् अनि छालासम्बन्धी समस्या समाधान हुन्छन् ।