आज आइपीएलमा दिल्ली र चेन्नाई भिड्दै

Newslaya Home

आज आइपीएलमा दिल्ली र चेन्नाई भिड्दै

मङ्गलबार १२, चैत २०७५

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीए)मा मंगलबार एक मात्र खेल हुँदैछ ।

जसमा पहिलो खेल जितेका चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दैछन् । दिल्लीमा नेपाली युवा लेर्गस्पिनर सन्दीप लामिछाने पनि छन् ।

मुम्बईलाई पहिलो खेलमा ३७ रनले पराजित गर्दा सन्दीपले खेल्न पाएका थिएनन् ।

यस्तै साविक विजेता चेन्नाईले उद्घाटन खेलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको थियो ।

यस सिजनको पाँचौ खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोत्लामा नेपाली समयअनुसार राती ८ः१५ बजे सुरु हुँदैछ । पहिलो खेलमा जित हात पारेका दुवै टोली लगातार दोस्रो जित हात पार्ने योजनामा छन् ।

नेपाली खेलाडी सन्दीपसँगै भेट्रान स्पिनर अमित मिश्राले पहिलो खेल खेलेका थिएनन् । दिल्लीले आवश्यकता हेरेर अमितलाई चेन्नाई विरुद्ध खेलाउन सक्छ । त्यसो भएमा राहुल तेवाटिया पहिलो रोजाईँमा नपर्न सक्छन् ।

पहिलो रोजाईङ्गा ४ मात्र विदेशी खेलाडी राख्न पाउने भएकोले सन्दीप पहिलो खेलमा नपरेका हुन् ।