​अपराध महाशाखाको प्रवक्तामा एसपी ढकाल नियुक्त

Newslaya Home

​अपराध महाशाखाको प्रवक्तामा एसपी ढकाल नियुक्त

मङ्गलबार १२, चैत २०७५

काठमाडौं । महानगरीय अपराध महाशाखाको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) केदार ढकाल नियुक्त भएका छन् । तत्कालीन प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएपछि उनको स्थानमा ढकाललाई नियुक्त गरिएको हो । 

नागरिक र सञ्चारमाध्यमसँग सूचना प्रवाह तथा आदानप्रदानका लागि प्रवक्ताको जिम्मेवारी ढकाललाई दिइएको महाशाखाले जनाएको छ ।