उर्जामन्त्री पुन र बङगलादेशी राजदूतबीच भेटवार्ता

Newslaya Home

उर्जामन्त्री पुन र बङगलादेशी राजदूतबीच भेटवार्ता

मङ्गलबार १२, चैत २०७५

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो । 

भेटमा नेपाल र बङगलादेश बीचमा भएका सहमति र सहकार्यका बारेमा समेत छलफल गरेको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ । 

मन्त्री पुनले बङगलादेशमा केही समय अघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरे ।

भेटमा बङगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट नीजि क्षेत्रको सहभागीता रहने जानकारी समेत दिइन् । उनले उर्जा क्षेत्रमा लगानीका लागि बङगलादेश सरकार इच्छुक रहेको बताइन् ।