​भाजपाले बनायो नेपाली भाषीलाई उम्मेदवार

Newslaya Home

​भाजपाले बनायो नेपाली भाषीलाई उम्मेदवार

मङ्गलबार १२, चैत २०७५

काठमाडौं । दार्जिलिङबाट भारतीय जनता पार्टी (भाजपा) ले नेपाली भाषी राजु विष्टलाई उम्मेदवार बनाएको छ । 

विष्टले मंगलबार आफ्नो उम्मेदवारी नामाकरण समेत गराइसकेका छन् । मणिपुरको काङपोखमा जन्मेका विष्टको पञ्जावी बागमा स्थायी घर रहेको छ भने दार्जिलिङको सिलगढी नजिकै मतिगढाको सैनिकपुरीमा समेत घर रहेको छ । 

विष्ट भाजपाका नेता होइनन् तर राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निकट सूर्या फाउन्डेशनका प्रबन्धक निर्देशक हुन् । समाजसेवामा क्रियाशील उनी सूर्या फाण्डेशनकोबाट गरीब तथा जहेन्दार विद्यार्थीको पक्षमा काम गर्छन् । 

भाजपाले टिकट दिएपछि उनी सोमबार नै दिल्लीबाट दार्जिलिङ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।