​भारतमा लगातार ४५ दिनसम्म पबजी खेलेका युवकको मृत्यु

Newslaya Home

​भारतमा लगातार ४५ दिनसम्म पबजी खेलेका युवकको मृत्यु

मङ्गलबार १२, चैत २०७५

काठमाण्डौ । भारतमा पबजीको लतका कारण एक २० वर्षीय युवकको ज्यान गएको छ । तेलंगानाको जगतियाल शहरका एक विद्यार्थी लगातार ४५ दिनसम्म अनलाइन गेम पबजी खेलिरहदाँ उनको मृत्यु भएको हो ।

लगातार ४५ दिनसम्म पबजी खेलेका ती विद्यार्थीको घाँटीमा दुखाई सुरु भएको थियो । त्यसपछि उनलाई हैदराबाद स्थित अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

डाक्टरले लगातार घोप्टो परेर गेम खेलेका कारण घाँटीको नशा सुन्निएर उनको मृत्यु भएको बताएका छन् । यसअघि पनि महाराष्ट्रको हिंगोलीमा पबजी खेलिरहेका दुई युवकको रेल दुर्घटनामा मृत्यु भएको थियो ।

अनलाइन गेम पबजीलाई ब्याण्ड लगाउन विभिन्न ठाउँमा आवाज उठिरहेको छ ।